उदयपुरमा स्कारपियो दुर्घटना: ५ जनाको घटनास्थलमै मृत्यु

विराटनगर,०२ कार्तिक ।

उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन्।  भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो गाडी शनिबार राति ११ः५५ मा सिद्धिचरण लोकमार्गमा दुर्घटना परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतक अन्य तीन जनाको पहिचान हुन बाँकी छ ।दुर्घटनामा मृत्यु भएकामध्ये अन्दाजी ३०३२ वर्षका पुरुष३०३५ वर्षका पुरुष र अर्की ३०३५ वर्षकी महिलाको पहिचान खुलेको छैन । पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ९ की २८ वर्षीय कुमारी सार्की२२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । घाइतेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस