कैलालीमा चाैकी ईन्चार्जकाे हत्या, शब नदिमा भेटियाे

धनगढी, ०२ कार्तिक । 

कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । कैलालीकाे धनगढी उपमहानगरपालिका १२ स्थित रहेकाे अस्थाई प्रहरी चौकी जुगेडामा कार्यरत्त चाैकी ईन्चार्ज प्र स नि गोविन्द विक शब माेहना नदि किनारमा भेटिएकाे हाे ।

असई सँगै गस्तीमा रहेका प्रहरी जवान भने बेपत्ता रहेका  छन्।अस्थाई प्रहरी चौकी जुगेडाबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि उनी संथै गएका प्रहरी जवान रामबहादुर साउद सम्पर्कविहीन रहेको एसएसपी मुकेश सिंहले जानकारी दिए ।

घटना हेर्दा कसैले घेरा हालेर हत्या गरेको आशंका गर्न सकिने प्रहरीले जनाएकाे छ । प्रहरी जवान रामबहादुर साउदकाे खाेजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस