असई गोविन्द बि‍.कको सम्मान सहित अन्त्येष्टि

कैलाली, ०३ कार्तिक । 

कैलालीमा हत्या गरिएका प्रहरी सहायक निरिक्षक गोबिन्द बिकको अन्त्येष्टि गरिएको छ । बिकको शोक सलामी सहित कञ्चनपुरको दोदा नदीस्थित किर्तिपुरु घाटमा अन्त्येष्टि गरिएको हो ।धनगढी १२ जुगेडामा रहेको अस्थायी प्रहरी विटका इन्चार्ज समेत रहेका बिक कार्तिक १ गते राति ड्युटीमा खटिएका बेला वेपत्ता भएका थिए ।

उनको शब बिभत्स अबस्थामा २ गते फेला परेको हो।अन्त्येष्टि अघी उनको शबमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले संगठनको झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका थिए । अन्त्येष्टिमा  प्रहरी बरिष्ट अधिकारी र स्थानियको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस