काेराेना संक्रमणबाट थप १८ जनाको मृत्यु,मृतककाे कुल संख्या ७ सय ५७ पुग्याे

काठमाण्डाैँ, ०३ कार्तिक ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १८ जनाको निधन भएको छ ।  सोमबार सम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या ७ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर सोमबार ३७ सय ९० संक्रमित थप भएका छन् भने २३ सय ३५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४० हजार सात सय ७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस