तुलसीपुरका मेयर कोरोना मुक्त

तुलसीपुर, ०३ कार्तिक ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे कोरोना मुक्त भएका छन् । मेयर पाण्डे र उनका स्वकिय सचिब धर्मराज वलिलाई असोज २० गते कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएपछि नगर प्रमुख र स्वकिय सचिव १४ दिन होम आईसोलेसनमा बसेर सोमबार दुई हप्ता पछि कोरोना परिक्षण गर्दा रिपोट नेगेटिभ आएपछि मेयर पाण्डे नियमित काममा फर्किएको मेयरका प्रेस सल्लाकार बसन्त आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस