दाङमा होम आइसोलेसनमा बसेका एक काेराेना संक्रमितकाे मृत्यु

दाङ, ०४ कार्तिक ।

दाङमा एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । दाङ देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला उनकाे घरमै मृत्यु भएको छ । लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।

उनी जन्डिसको बिरामी थिए । काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका थिए । घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनीहरु एक हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस