घटना घटेकाे ६० घण्टापछि प्रहरी जवानको शव फेला

कैलाली, ०४ कार्तिक ।

सिमामा गस्तीमा गएका बेला बेपत्ता भएका कैलालीका प्रहरी जवानको पनि शव फेला परेको छ । नेपाल–भारत सीमा मोहना नदीमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा फेला परेको प्रहरी सहायक निरिक्षक असई गोविन्द बिक संगै गस्तीमा गएका अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको फेला परेको हो ।

घटना पत्ता लागेको झण्डै ६० घण्टा देखि वेपत्ता प्रहरी जवान साउदको शव मोहना नदीमा फेला परेको प्रहरीले जनाएको छ । संगै गस्तीमा रहेका असईको शव आईतबार फेला परेपनि उनको अबस्था अज्ञात रहेको थियो ।

बेपत्ता भएदेखी उनको शशस्त्री प्रहरीको गोताखोर टोली सहितले कैलाली र कञ्चनपुर प्रहरीले खोजीतलासी जारी राखेका थिए । हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरिसकेको छ भने उनीहरुमाथि अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस