थप ३०९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुग्याे

काठमाण्डाैँ, ०४ कार्तिक । 

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंग्लवार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १३ हजार ८६१ जनाको पीसीआर गरिएकोमा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ८ जना कोरोना संक्रमण निको भए सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९६ हजार ६०९ पुगेको छ ।त्यस्तै भाइरसको संक्रमणबाट थप ८ जनाको कोरोना मृत्यु भएको उक्त सम्मेलनमा जनाइएको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ७६५ पुगेको मन्त्रालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस