थप ८ जना काेराेना संक्रमितकाे मृत्यु, संक्रमितकाे संख्या ७ सय ६५ पुग्याे

काठमाण्डाैँ, ०४ कार्तिक ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप आठ जनाको निधन भएको छ ।यो संगै आइतबारसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या सात सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर मंगलबार तीन हजार ९३ जना संक्रमित थप भएका छन् भने २१ सय आठ जना संक्रमणमुक्त भएका छन् ।सक्रिय संक्रमितको संख्या ४१ हजार सात सय ७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस