कैलालीमा प्रहरी हत्यामा संलग्न ७ जना सार्बजनिक

कैलाली,०४ कार्तिक । 

कैलालीमा प्रहरी हत्यामा आरोपित ७ जनालाई प्रहरीले सार्बजनिक गरेको छ । आज धनगढीमा पत्रकार सम्मेल्नको आयोजना गरी उनिहरुलाई प्रहरीले सार्बजनिक गरेको हो । शनिवार राति करिब ८ बजेतिर असई बिक र जवान साउद मोटरसाइकलमा गस्तीमा निस्किएका बेला तस्कर समूहले नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पर्कु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

घटना अनुसन्धानका लागी १६ जना पक्राउ गरेको र ती मध्ये ७ जनाले संलग्नता स्वीकार गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस