दाङमा एम्बुलेन्स दुर्घटना हुदाँ चालक सहित दुई जना गम्भिर घाईते

दाङ, ०६ कार्तिक । 

दाङमा एम्बुलेन्स दुर्घटना हुदाँ एम्बुलेन्स चालक सहित दुई जना गम्भिर घाईते भएका छन । सल्यान कपुरकोटबाट विरामी छोडेर फर्किने क्रममा भे १ च ११७९ नम्बरको एम्बुलेन्स विहीबार बिहान ४ बजेतिर दाङको राम्रीमा एम्बुलेन्स दुर्घटनामा परेको हाे ।

दुर्घटना हुँदा चालक तुलसीपुर उपमहानगरपालिका १३ दमारगाउँ निबासी ४२ वर्षीय ओम बहादुर बिक र बाँकेको नेपालगन्ज उपमहानगरपालिका १ धम्बोजी निबासी ३० बर्षीय राकेश बस्नेत घाइते भएको प्रहरीले बताएको छ ।

उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस