थप ३६३७ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुग्याे

काठमाण्डाैँ, ०६ कार्तिक ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा मात्र ३२१५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस