कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ स्थगित

काठमाण्डाैँ, १२ कार्तिक ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ स्थगित गरेकाे छ । मन्त्रालयका प्रवक्ता  प्रा. डा. जागेश्वर गौतमका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड-१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना भने मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।

दसैँको समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार मात्र भएको थियाे । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता  प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस