तुलसीपुर घटनाका दाेषीलाई तीन दिनभित्र पत्ता लगाउने डिएसपी सिंहकाे प्रतिबद्धता

तुलसीपुर, १२ कार्तिक । 

तुलसीपुरमा खुट्टा छिनाल्ने गरि भएको घटनामा संलग्न दोषीलाई अवको २/३ दिन भित्रमा पहिचान गर्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरले प्रतिबद्धता जनाएकाे छ ।

दशै टिकाको दिन राति साढे ९ बजे तुलसीपुर उपमहागनरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार विकको बायाँ खुट्टाको चुरीगाँठादेखि तलतिरको भाग अज्ञात समूहले काटेर अलग गरिदिएपछि अनुसन्धानमा जुटेको प्रहरीले यस्तो प्रतियकृया दिएको हो ।

प्रहरीले हिजोसम्म ५० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान पछि ४४ जनालाई छोडेको छ भने ६ जनालाई राखेको छ । घटना स्थल, एकान्त र स्थानीयको असहयोगका कारण अपराधि पत्ता लगाउन निकै सकसपूर्ण रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएपी शिवबहादुर सिंहले जानकारी दिए ।

‘हामीहरु घटना भएको दिनदेखि लागिरहेका छौ । ठाउँ एकान्त छ । सामान्य मानिस भएकाले त्यस्तो रिसिवि पनि देखिदैन् ,स्थानीयहरु केहि बोल्नै मान्नुहुन्न । ’ डिएसपी सिंहले भने –‘अचम्मको घटना भएको छ ।

प्रतिक्रिया दिनुहोस