ट्रकको ठक्करबाट पैदल यात्रीकाे मृत्यु

कैलाली, १२ कार्तिक । 

कैलालीकाे धनगढीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीकाे मृत्यु भएकाे  छ। अत्तरियाबाट धनगढी तर्फ जादै गरेको ना ३ ख ५५८५ नम्बरको ट्रकले बोराडाँडी होण्डा स्वरुम अगाडी ठक्कर दिँदा धनगढी उपमहानगरपालिका  ३ का ६० वर्षीय वीर सिंहको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भिर घाइते भएका विष्टको माया मेट्रो अस्पतालमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । ठक्कर दिने ट्रकका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस