थप २३६४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुग्याे

काठमाण्डाैँ, १३ कार्तिक । 

नेपालमा पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । तीमध्ये १ लाख २४ हजार ८३२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३०३८ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको संक्रमीतको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस