दाङमा मोटरसाईकलकाे ठक्करबाट ७५ बर्षीय बृद्धको मृत्यु

दाङ, १३ कार्तिक ।

दाङमा मोटरसाईकलकाे ठक्करबाट ७५ बर्षीय बृद्धको मृत्यु भएको छ । बुधबार अपरान्ह ४ बजेतिर लमही नगरपालिका वडा नं. १ नर्तीमा भे १० प १५४९ नम्बरको मोटरसाईकलले पैदल यात्री लमही २ दोलही निवासी ७५ बर्षीय भरथारी चौधरीकालाई ठक्कर दिदा उनको मृत्यु भएको हो ।

मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते चौधरीको उपचारको क्रममा बुधबार साँझ साढे ६ बजेतिर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारका बताएका छन ।

दुर्घटनामा मोटरसाईकल चालक अछाम बागंगढी गाउँपालिका ५ बस्ने २९ बर्षीय भोला रावल र मोटरसाईकलमा सवार रुकुम सानो भेरी गाउँपालिका ५ निवासी २३ बर्षीया उमा केसी घाईते भएका थिए । उनीहरुको समान्य उपचार पछि डिस्चार्ज भएको छ ।

प्रतिक्रिया दिनुहोस