नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९०० नाघ्याे

काठमाण्डाैँ, १३ कार्तिक ।

कोरोना संक्रमणबाट बितेको २४ घन्टामा थप १७ जनाको निधन भएको छ ।यो समेत गरी हालसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२३ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् भने तीन हजार ३८ जना निको भएर डिस्चार्ज भएका छन् ।हाल सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ५२ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये तीन सय चार जनाको आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस