शर्माद्धारा जन्मदिनमा अपाङ्ग परिवारलाई खाद्यान्न सहयाेग

दाङ, १३ कार्तिक ।

दाङ तुलसीपुरमा  एक युवाले आफ्नो जन्मदिनमा अंपाङ्ग तथा  बिपन्न परिवारलाई खाद्यान्न सामग्री बाँडेका छन् ।  दाङकाे तुलसीपुर ०१ भम्के न्युराेड निवासी कमला सापकाेटाकाे परिवारलाई  संचारकर्मी ३० बर्षिय शरद शर्माले  जन्मदिनको उपलक्ष्यमा चामल, दाल, तेल लगायतका खाद्यान्न सामग्री बाँडेका हुन् ।

कमला  बिगत तिन बर्ष अगाडी  घर नजिकैकाे रुखमा घास काट्ने क्रममा रुखबाट लडेर साररिक रुपमा अशत्त भएकी हुन । उनकाे पुरै शरिर नै चल्दैन ।उनकाे घरमा उनी र १५ बर्षका छाेरा छन ।लामाे समय उपचार गर्दा पनि ठिक नभएपछि उनी अहिले निकाे हुने अाश नै मारेर घरमै बसीरहेकी छिन ।

आफ्नो जन्मदिनको अवसरमा हामी गरिब दुखी परिवारलाई सहयोग स्वरुप खाद्यान्न सहयोग गरेकोमा उनले शर्मालाई जन्मदिनको शुभकामना संगै धन्यवाद दिएकी छन । आगामी दिनमा समेत उनले सहयोग अपेक्षा गरिन् ।

 

 

प्रतिक्रिया दिनुहोस