तुलसीपुरमा खुट्टा छिनिने गरि आक्रमण गर्ने दुई जना सार्वजनिक

दाङ, १४ कार्तिक ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ बर्षीय कुमार विकको बाँया खुट्टा छुटिने गरि भएको आक्रमणमा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रबार पत्रकार सम्मेलन गरि हत्यामा संलग्न भएको अरोपमा दुईजनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ उत्तर कुररीया निवासी २२ बर्षीय पवन चौधरी र तुलसीपुर १० पढ्ढा निवासी २४ बर्षीय अमृत चौधरी रहेका छन् । उनीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । उनीहरुको साथबाट आक्रमणमा प्रयोग गर्न प्रयोग गरिएको एकथान खुर्पा, अभियुक्तले घटनामा संलग्न रहेको अबस्थामा लगाएका कपडाहरु बरामद गरेको छ ।

घटनामा ११ जनाको संलग्न भएता पनि अन्य चार जना फरार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपापिलका वडा नं. १४ निवासी २२ बर्षीय विजय चौधरी, सोही ठाउँका २३ बर्षीय अशोक चौधरी, १८ बर्षीय तिलक चौधरी, २१ बर्षीय सुनिल चौधरी, २८ बर्षीय पवन चौधरी र १९ बर्षीय आशिष चौधरी रहेका छन् । पक्राउ परेकाहरुमध्ये पवन चौधरी  दुबै घटनामा संलग्न भएको पाईएको छ । नाचगान गर्ने क्रममा उत्पन्न विवादले नै यी दुई घटना निम्त्याएको प्रहरी नायब उपरीक्षक सिंहले बताए । एक घण्टाको फरकमा यी दुई घटना भएका थिए । आसपासमा प्रहरी चौकी नहुँदा पनि त्यस स्थानमा अपराधिक गतिबिधिहरु बढिरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस