थप २८२४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुग्याे

काठमाण्डाैँ, १६  कार्तिक । 

नेपालमा गत २४ घन्टामा २ हजार ८ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र २३ जनाको मृत्यु र ३ हजार ६ सय २० जना रोग मुक्त भएर घर फिर्ता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय २४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ जना पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १ लाख ३४ हजार ८ सय ४२ जना निको भएर घर फर्किएका छन् भने ९ सय ६० जनाले कोरोनाबाट ज्यान गुमाइ सकेका छन् ।

प्रतिक्रिया दिनुहोस