नेपालमा बुधवार थप ३० जना कोरोना संक्रमितको मृत्यु

काठमाण्डाैँ,१९ कार्तिक । 

नेपालमा आज अहिले सम्मकै उच्च ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशका विभिन्न अस्पताल र होम आइसोलेसनमा थप ३० संक्रमितको मृत्यु भएको हो ।

यो सँगै देशभर हाल सम्म कोरोनावाट मृत्यु हुनेको संख्या एक हजार ३४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस