दाङमा काेराेना संक्रमणका कारण २० बर्षीया सुत्केरी महिला सहित २ जनाकाे मृत्यु

दाङ, २२ कार्तिक ।

दाङमा काेराेना संक्रमणबाट २० बर्षीया सुत्केरी महिला र ५९ वर्षीय पुरुष जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी २० बर्षीया सुत्केरीको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो । संक्रमित ती महिलाको बच्चा जन्मिसकेपछि कोरोनाका कारण मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन।

उनी कात्तिक १६ गते प्रसुती सेवाका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन । १७ गते बच्चा जन्माएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । १८ गते आशंका लागेर १८ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी ५९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको घोराही उपमहानगरपालिकाका कोरोना फोकल पर्सन ठाकुर खनालले बताएका छन। कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक २० गते  भेरी अस्पतालमा भर्ना भएका थिए ।

शनिबार विहान साढे ५ बजे मृत्यु भएको घोराही उपमहानगरपालिकाका कोरोना फोकल पर्सन खनालले बताए । भेरी अस्पताल जानु अघि उनको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस