सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

सल्यान, २२ कार्तिक ।

सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएकाे छ  । दाङको तुल्सीपुरबाट रोल्पाको सुख्खाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जीप छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीमा दुर्घटना हुँदा रोल्पाका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गँगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिएका छ्न ।

घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द थापा क्षेत्रीले बताएका छ्न् ।गाडीमा सवार अन्य ४ जना भने सकुशल रहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस