रोल्पाकाे होलेरीमा मापसे चेकजाँच कडाई

रोल्पा,२२ कार्तिक । 

नेपालीहरुको दोश्रो ठूलो चाड तिहार नजिकिदै गर्दा रोल्पाको प्रवेशद्वार होलेरीमा प्रहरीले शनिबारबाट साना तथा ठुला सवारी रोकेर चालकहरुको मापसे चेकजाँच गर्न शुरु गरेको छ।प्रहरी निरीक्षक शंकर खड्का ईलाका प्रहरी कार्यालय होलेरीमा सरुवा भएर आएको भोलिपल्टबाटै सवारी चालकहरुको मापसे चेकजाँच शुरु गर्नुभएकाे हाे।

’ चालकहरुले मापसे गरेर सवारी चलाउँदा अधिकांश सवारीहरु दुर्घटना हुने भएकाले न्यूनीकरणका लागि पछिल्ला दिनहरुमा चालकहरूको मापसे चेकजाँच गरेर मात्र सवारी छोड्ने इन्स्पेक्टर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो – ‘आजबाट हामीले सवारी चालकहरुका मापसे चेकजाँच गर्न शुरु गरेका छौँ । एकै दिन आज हामिले मापसे गरेका धेरैलाई नियन्त्रणमा ल्याएका छौँ। मापसे गरेका चालकहरूलाई जरिवाना तिराएर अर्को चालक नआउँदा सम्म सवारी छोडेका छैनौँ । यसले सडक दुर्घटना न्यूनीकरण हुने हाम्रो अपेक्षा छ।’ साथै शनिबार एकै दिनमा ११ हजार पाँच सय राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी रोल्पामा हुँदा ठुल्ठुला काण्डहरुमा अनुसन्धान र सफलता प्राप्त गरेर समयसमयमा चर्चामा आउँने गरेका इन्स्पेक्टर खड्का प्रमुखका रुपमा ईलाका प्रहरी कार्यालय होलेरी आए लगत्तै नयाँ कार्य गर्नुले दक्षिण रोल्पाको शान्ति शुरक्षामा थप टेवा पुग्ने स्थानीयहरुको बुझाई रहेको छ।

प्रतिक्रिया दिनुहोस