थप १७९० जनामा कोरोना पुष्टि

दाङ, ०९ मंसिर ।

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको मन्त्रालयको तथ्यांक छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालका विभिन्न आइसोलेसनबाट थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४ हजार ८५८ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २४ जनाले ज्यान गुमाएको मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ६१ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा नेपालका विभिन्न आइसोलेसनबाट थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४ हजार ८५८ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस