दाङका ५६ वर्षीय कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु

दाङ, १७ मंसिर ।

दाङका थप एक जना कोरोना संक्रमितको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ५६ वर्षीय पुरुषको बुधबार बिहान करिब ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । ।

स्वास्थ्यमा समस्या आएपछि उनी यही मंसिर ६ गते प्रिआइसोलेसनमा भर्ना भएका थिए । कोरोना जाँचका क्रममा ७ गते रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पतालको कोभिड-१९ आइसोलेसनमा भर्ना भएका थिए ।

उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अक्सिजन थेरापी र प्लाज्मा थेरापी समेत गरिएको थियो । यससँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या मात्रै ५२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस