दाङ, २० मंसिर ।
नेपालमा पछिल्लाे २४ घण्टामा शनिबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
बितेको २४ घण्टामा थप १ हजार २४ जना कोरोना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५ सय ३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।