सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

नवलपुर,०८ पुष

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-३ स्थित कालीगण्डकी करिडोरको भोक्रोफाँटमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ ।ना३ख ५३३९ नम्बरको लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरासी पूर्वका प्रहरी नायव उपरीक्षक ((डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए ।

मृतकको सनाखत भैसकेको र तीनजना पुरुष रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा टेलर चालक हेटौडा उपमहानगरपालिका १७ हटिया बस्ने वर्ष ४५ को सुरेश भुजेल , सोहि ठाउँका ३५ बर्षिय बलराम श्रेष्ठ र पर्सा ठोरि गौतमनगर बस्ने ५० बर्षिय भिम बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिएका छन् ।

ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । ट्रक पहराबाट करिब एक सय मिटर तल खसेको छ ।  कालीगण्डकी करिडोरमै काम गर्ने ट्रक दुर्घटनामा परेको हो ।घटनास्थल गैंडाकोट स्थित पूर्व-पश्चिम राजमार्गदेखि करिब ३५ किलोमिटरको दुरीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस