४१४२ जनामा पीसीआर परीक्षण गर्दा थप ६०८ जनामा काेराेना पुष्टि

दाङ, १० पुष ।

नेपालमा शुक्रबार जम्मा ४ हजार १४२ जनामा पीसीआर परीक्षण गरिएकोमा ६०८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७१ जना पुरुष र २३७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८९२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७०९२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस