तुलसीपुरमा खुला भलिबल प्रतियोगिता हुदै

तुलसीपुर, १३ पुष ।

स्वतन्त्र युवा क्लब तुलसिपुर ६ राजापुरको आयोजनामा तुलसीपुरमा खुला भलिबल प्रतियोगिता २०७७ हुने भएको छ ।भलिबल प्रतियोगिता यहि पुस २३ गतेदेखि सुरु हुुने भएकाे छ ।

स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकासमा टेवा पुर्‍याउने गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा प्रदेश न ५ लगाएत अन्य प्रदेशका भलिबल टिमको सहभागिता रहने क्लबका अध्यक्ष संदिप गौतमले जानकारी दिनु भएको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ ! त्यस्तै उपबिजेता टिमले नगद २५ हजार तथा प्रमाणपत्र र तृतीय हुने टिम ले नगद १५ हजार, प्रमाणपत्र हात पार्ने प्रतियोगिता संचालन समितिका संयोजक एच‍.आर.मगरले जानकारी दिनुभयाे । भबिलब खेल तुलसीपुरका रहेकाे अरनिको खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस