जंगलमा लुकाई राखेकाे अवस्थामा ३ थान भरुवा बन्दुक बरामद

दाङ,१५ पुष ।

दाङमा जंगलमा लुकाइ छिपाई राखेको भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ स्थित गादिबरा सामुदायिक वनमा साजको रुखको प्वालभित्र लुकाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी चाैकी गाेटिखाेलाबाट खटिएको प्रहरी टोलीले तीन वटा भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिनुभयाे।

उत्त बन्दुकहरु कसले र किन राखेको हो भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक सिंहले जानकारी दिनुभयाे    ।

प्रतिक्रिया दिनुहोस