सुर्खेत, २३ पुष ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–९, भुल्के नजिकै भेरी नदीमा बस खस्दा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
दाङबाट सल्यानको सल्लीबजार तर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३ का २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको सुर्खेतका डीएसपी राम प्रसाद घर्तीले जानकारी दिए ।
दुबै जना घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको र गाडीमा तीन जना मात्रै सवार रहेकाे प्रहरीले जनाएकाे छ ।