मोडल सुम्नीमा लम्सालकाे अभिनयमा ‘ कालो कपाल ’को म्युजिक भिडियो सार्वजनिक

दाङ, १४ माघ । 

दाङकी मोडल सुम्नीमा लम्सालकाे अभिनयमा ‘ कालो कपाल ’ को म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।  गीतकार सीता राना मगरंले रचना गरेकाे नयाँ लोक दोहोरी गीत ‘ कालो कपाल ’ को म्युजिक भिडियो सार्वजनिक भएको हाे । उक्त गीतमा गायक उज्जल गिरि सन्जय सौगात र कल्पना मगरको यूगल गायन छ ।

गीतलाई पुष्कर सुनुवारले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । मेलोडी नेपालामा रेकड भएको यो गित उज्वल गिरिको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

स्मृति तिमिल्सीनाद्वारा निर्देशित उक्त गीतको भिडियोमा उज्वल गिरी मोडल सुम्नीमा लम्साल र लोमस सर्माले अभिनय तथा नृत्य गरेका छन् । सुरेस श्रेष्ठले छायांकन र प्रकास धमलाले यो भिडियो सम्पादन रहेको छ ।

हेर्नुहाेस म्युजिक भिडियाे…….

प्रतिक्रिया दिनुहोस