खुल्ला भलिबल प्रतियाेगितामा रुकुम पश्चिम प्रथम

तुलसीपुर, १९ फाल्गुन । 

सबैका लागि खेलकुद,खेलकुदमा बैज्ञानिक नयाँ संरचना र परिवर्तन भन्ने मुल नाराका साथ तुलसीपुरकाे अरनिकाे मैदानमा सम्मपन्न भएकाे भलिवल प्रतियाेगिताकाे उपाधि रुकुम पश्चिमले हात पारेकाे छ । बुधवार कैलालीकाे डल्फिन फिडलाई ३-२ काे सेटले हराउदै रुकुम पश्चिमले उपाधि हात पारेकाे हाे ।

बिजेता रुकुम पश्चिमकाे टिमले नगद १ लाख कप, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । उपबिजेता कैलाली डल्फिन टिमले नगद ५० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ भने तृतिय टिम पिवाईसीले नगद २५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघकाे अायाेजनामा गत शनिवार देखि खुल्ला भलिवल प्रतियाेगिता शुरु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस