वाईसिएल नेपाल दाङकाे प्रचारप्रसार बिभाग प्रमुखमा तुलसीपुरका दिपक वली

दाङ, २० चैत्र ।

नेकपा माओवादी केन्द्र निकट वाईसिएल नेपालकाे  प्रचारप्रसार बिभाग दाङकाे प्रमुखमा तुलसीपुरका दिपक वली चयन भएका छन ।वाईसिएल नेपाल जिल्ला कमिटीकाे शुक्रवार नेपाल उद्योग बाणिज्य संघ घाेराहीको सभाहलमा बसेकाे बैठकले वलीलाई प्रचारप्रसार बिभाग प्रमुखमा जिम्मेवारी ताेकेकाे हाे ।

जिल्ला कमिटी संयाेजक माधव बुढाथाेकीकाे अध्यक्षता एवम माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला सह-ईन्चार्ज निर्मल आचार्यकाे प्रमुख आतिथ्यतामा बैठक बसेकाे थियाे ।

वली तुलसीपुरमा रहेकाे अज्मबरी कृषी सहकारी संस्थाका अध्यक्ष, स्वर्गद्धारी टाेल बिकाश संस्थाका अध्यक्ष र दियालाे अनलाईनका सञ्चालक  समेत रहेकाे छन ।

प्रतिक्रिया दिनुहोस