तुलसीपुरमा थप ७ जनामा कोरोना पुष्टि

तुलसीपुर, २४ चैत्र ।

तुलसीपुरमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का दुई जना ४२ र ५५ वर्षिय पुरुष, वडा नं. ५ का एक जना ३६ वर्षिय महिला, वडा नं. ७ का दुई जना ६० वर्षिय पुरुष र २० वर्षिय महिला, वडा नं. ९ का एकजना २५ वर्षिय पुरुष र वडा नं. १७ का ४९ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसंगै तुलसीपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या नौं जना रहेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २२ जना रहेको छ । साथै तुलसीपुरमा ८२९ जनामा कोरोना संक्रमण भएको छ ।

कोरोनाको जोखिम बढ्दै जान थालेकोले सबैमा जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु फोकल पर्सन केसीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस