देशभर ९,१९६ जनामा कोरोना पुष्टि,थप ५० संक्रमितको मृत्यु

दाङ, २४ बैशाख । 

नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा हालसम्मकै बसै भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार ४८२ जनाको पीसीर/एन्टिजेन परीक्षण ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१९ हजार ९८७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ९ हजार २३ जना र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ९०५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ५० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस