एसईई र कक्षा १२ को परीक्षा यस बर्ष पनि अन्यौलमा

दाङ, २६ बैशाख । 

कोरोना महामारीका कारण गत बर्ष जस्तै यस बर्ष पनि कक्षा १० (एसइई) र कक्षा १२ को परीक्षा अन्यौलमा परेको छ । आउदो जेठ १३ गतेदेखी देखि एसइई र जेठ २६ गते देखि कक्षा १२ को परीक्षा तय भएको छ ।

परीक्षा बोर्डले परीक्षा तय भए अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । यद्धपी देशभर दोस्रो लहरको महामारीले गर्दा परीक्षा के हुने हो भन्ने निर्णय नहुँदा विद्यार्थीदेखि अभिभावकसम्म अन्योलमा परेका छन् । परीक्षाको तयारी गरिरहेका विद्यार्थी सरकारको निर्णयको पर्खाइमा रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ०७७ को एसइई परीक्षाका लागि करिब पाँच लाख १५ हजार विद्यार्थीले आवेदन भरेका छन् भने कक्षा १२ को यकिन विवरण नआए पनि करिब साढे चार लाखको हाराहारीमा हुने आकलन छ ।

प्रतिक्रिया दिनुहोस