प्रधानमन्त्रीमा केपी शर्मा ओली पुनः नियुक्त

काठमाण्डाैँ, ३० बैशाख ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा पुनः नियुक्त गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

ओलीलाई शुक्रबार दिउँसो दुई बजे शपथ गराउने तयारी भइरहेको बताइएको छ । ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त हुनुभएको थियो ।

त्यसपछि दलहरूलाई बहुमतको सरकार बनाउन राष्ट्रपतिले दिनुभएको ३ दिनको समयमा कसैको पनि दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस