भारतले कोरोनाविरुद्धकाे ‘खाने औषधि’आज लन्च गर्दै

काठमाण्डाैँ, ०३ जेठ । 

कोरोना संक्रमणविरुद्ध भारतले बनाएको खाने औषधि ‘२-डीजी’ आज  लन्च (शुभारम्भ) गरिँदै छ। साेमबार बिहान साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले  उक्त औषधि शुभारम्भ गर्न लागेकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको ‘२-डीजी’ औषधिको पहिलो खेप रक्षामन्त्री सिंह र स्वास्थ्यमन्त्री हर्षवर्द्धनले सेवन गरेर लन्च गर्न लागिएकाे हाे । याे औषधि काेराेनािविरूद्ध खाेपकाे सट्टा मुखबाट सेवन गर्न मिल्ने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस