कोरोना रोकथामका लागि प्रतिष्ठानलाई ६ करोड ८० लाख बजेट

दाङ, ०३ जेठ । 

सरकारले कोरोना संक्रमण रोकथामका लागि आबस्यक स्रोत साधन तयार पार्न राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई झण्डै ७ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि प्रतिष्ठानको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि सरकारले ६ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने भएको हो ।

अर्थ मन्त्रालयले भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि उक्त बजेटको सहमति दिएको हो ।केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस