बाँकेमा जारी निषेधाज्ञा जेठ १० गतेसम्म थप

बाँके, ०३ जेठ । 

बाँकेमा जारी निषेधाज्ञा जेठ १० गतेसम्म लम्बिएको छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबार (जेठ ३ गते) राति १२ बजेसम्म जारी निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय भएको जानकारी दिएका हुन् ।

कोभिड–१९ को संक्रमण दरमा कमी नआइ परिस्थिति असहज बन्दै गइरहेकोले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्थालाई अझ प्रभावकारी बनाउन जारी निषेधाज्ञा लम्ब्याएको विज्ञप्तिमा उल्लेख छ ।

                                                                                   विज्ञप्ति हेर्नुहाेस । 

प्रतिक्रिया दिनुहोस