दाङका पत्रकार बस्नेतकाे काेराेना संक्रमणबाट मृत्यु

दाङ, ०३ जेठ । 

दाङ बबई गाउँपालिका वडा नं. ४ निवासी पत्रकार लक्ष्मण बस्नेतको मृत्यु भएको छ । पत्रकार महासंघ दाङका साधारण सदस्य समेत रहेका बस्नेतको उपचारको क्रममा आज (सोमबार) दिउसो १ बजेतिर मृत्यु भएको हो ।

उनकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे । बस्नेतकाे काेराेना संक्रमण भएपश्चात युनिभर्सल मेडिकल कलेज भैरहवाकाे आईसियु कक्षमा  उपचार भईरहेकाे थियाे ।बस्नेत दाङकाे रेडियाे हापुरेमा कार्यरत्त थिए ।

प्रतिक्रिया दिनुहोस