काेराेना संक्रमणबाट दंगीशरण गाँउपालिकाका एक वडाध्यक्षकाे मृत्यु

तुलसीपुर,०३ जेठ । 

दाङमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । मृत्युु हुनेमा दंगीशरण गाँउपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर चौधरी रहेकोे गाउँपालिका अध्यक्ष भागीराम चौधरीले जानकारी दिनुुभयो ।

कोरोना संक्रमित चौधरीको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार पछि थप उपचारको लागि कोहोलपुर लगिएको थियो ।उनको उपचारकै क्रममा आज (सोमबार) विहान करिव साढे ११ वजेतिर मृत्युु भएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुुभयो ।गाउँपालिकामा कोरोनाका कारण मृत्युु हुनेको संख्या ७ पुुगेको छ ।

प्रतिक्रिया दिनुहोस