रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटनाः एक जनाकाे मृत्यु, २ जना घाईते

रुकुम पश्चिम, ०३ जेठ ।

रुकुम पश्चिमकाे बाफिकोट गा पा-०७ दुलिंगा खोलामा ट्रयाक्टर दुर्घटना एक जनाकाे मृत्यु भएकाे छ भने २ जना गम्भिर घाईते भएका छन ।  साेमबार अन्दाजी २ बजेकाे समयमा रा१त ३८९५ नम्बरकाे ट्रयाक्टर दुर्घटना हुदाँ जिल्ला रुकुम पश्चिम बाापिकोट गा पा-५ बस्ने बर्ष १६ को आशिष के सीको घटनास्थल मै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी प्रहरी निरिक्षक कपिल शाहीले जानकारी दिनुभयाे ।

घटनामा मुसिकाेट नगरपालिका-०७ बस्ने बर्ष अन्दाजी २४/२५ को ट्रयाक्टर चालक मानवहादुर बि क र बाफिकोट ७ बस्ने बर्ष १७ को बिजय अधिकारी घाईते भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परि घाईते भएका चालककाे अवस्था गम्भीर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस