देशभर ९,२४७ जनामा कोरोना पुष्टि,थप २१४ जना संक्रमितकाे मृत्यु

दाङ, ०३ जेठ । 

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार २ सय ४७ कोरोना संक्रमित थपिएका छन् । त्यस्तैगरी पछिल्लो २४ घण्टामै २ सय १४ को कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज ५ हजार ७ सय ६७ संक्रमितले स्वास्थ्य लाभ गरेका छन् ।

संक्रमित र मृत्यु हुने दुवै संख्या आइतबार (हिजो)को तुलनामा बढी हो । आइतबार मुलुकभर ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस