तुलसीपुरमा अवैध काठसहित सात जना पक्राउ

दाङ, ४ जेठ ।

दाङकाे तुलसीपुरमा अबैध काठसहित सात जना पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ बाट आज बिहान सात जनालाई काठ सहित नियन्त्रणमा लिएको हो ।लकडाउनको मौका छोपी रा १ ख २३७४ नम्बरको बसमा लोड गरिराखेको सुचुनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलिले बस र काठसहित सात जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ६ निवासी १८ वर्षीय विजय चौधरी, सोही ठाउँका ३८ वर्षीय शिव परियाार, ३२ वर्षीय समिर चौधरी, २० वर्षीय सन्तोष चौधरी, ३१ वर्षीय चुमान सिंह चौधरी, २० वर्षिय मनाेज चौधरी (चालक) र २० वर्षीय श्यामलाल चौधरी रहेका छन् ।। प्रहरीले उनीहरुको साथबाट १७ थान काठ बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिनुभयो । पक्राउ परेका सातजनामाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस