बजेट सार्वजनिक, सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढ्यो ,महिला स्वास्थ्य स्वंयम सेविकाले १२ हजार पाउने

काठमाण्डौ, १५ जेठ ।

सरकारले अध्यादेश मार्फत बजेट सार्वजनिक गरेको छ । सिंहदरवारबाट अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८ \७९को बजेट सार्वजनिक गर्नुभएको हो । अर्थमन्त्री पौडेलले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले कोरोना रोकथाम, नियन्त्रणका लागि उक्त रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याएको बताउनुभयो ।यस्तै, सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस