लुम्बिनीबाट राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी

दाङ, १७ जेठ ।

लुम्बिनीबाट राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार दीर्घनारायण पाण्डे विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका चन्द्रबहादुर खड्कालाई हराउँदै पाण्डेले विजयी भएका हुन् । उनले ४१४० मत प्राप्त गरको छन्  भने खड्काले ३६९४  मत प्राप्त गरेका हुन् ।

उनीहरुको मतान्तर ५४६ रहेको छ । काँग्रेस निकट पाण्डेलाई माओवादी केन्द्र, जसपाको ९उपेन्द्र–बाबुराम पक्ष०, जनमोर्चाले समर्थन जनाएको थियो । यस अघि माओवादीबाट राष्ट्रियसभामा गएका खड्काले पार्टी परित्याग गरेर एमालेमा गएपछि उनलाई पार्टीले कारवाही गरेको थियो ।

दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा प्रदेशसभाका सबै ८३ जनाले मतदान गरेका थिए, भने स्थानीय तहका २१७ मतदाता मध्ये २१४ जनाले मात्रै मतदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस